देशका केही स्थानमा बदली र हल्का वर्षाको सम्भावना

काठमाडौं : हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भु–भागमा भने हुस्सु-कुहिरो लागेको छ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राती भने देशका पहाडी भू–भागमा आंशिक बदली हुने छ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै,देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments