कालिमाटी बजारको आजको मूल्य:भेडे खु्र्सानी प्रतिकेजी रू.१३०,बरेला ५५,मूला रातो ४५,लौका ७५
काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार अदुवाको प्रतिकेजी मूल्य ४५, अनार मूल्य २७५, अंगुर(कालो)प्रतिकेजी २२५, अम्बा ११०,आलु रातो प्रतिकेजी मूल्य २६.५०, इमली १५५ कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी चुकुन्दर प्रतिकेजी ७५,स्थानीय काउली ४५ रुपैयाँ,गोलभेडा ठूलो(नेपाली) ७५,गोलभेडा सानो(लोकल) २५,ठूलो गोलभेडा(भारतीय)७५,गुन्दुक प्रतिकेजी २२५ रुपैयाँ ,लोकलकाक्रो १३५ रुपैयाँ, पुदीना प्रतिकेजी ६५० रुपैयाँ ,कागती प्रतिकेजी ११५ रहेको समितिले जनाएको छ ।
समितिका अनुसार किवि प्रतिकेजी ४५०,आभोकाडो ४५०,केरा प्रतिदर्जन ११५ रुपैयाँ, खुर्सानी हरियो(अकबरे) ३७५,घिउ सिमी(लोकल) ८५ रुपैयाँ, ब्रोकाउली प्रतिकेजी ३५, भिण्डी ११०,च्याउ डल्ले ३७५ रुपैयाँ,ताजा माछा(छडी) प्रतिकेजी ३२५,ताजा माछा(रहु) २९२.५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
फलफूल तथा तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।
आजको मूल्य सूची :फलफूल तथा तरकारी