‘एक घर एक बगैँचा’ कार्यक्रम : कृषकलाई स्याउका बिरुवा वितरण

सिमकोट: हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ ।

जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पु¥याएपछि वितरण गर्न सुरु गरिएको हो । पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याइएको गाउँपालिकाका लेखाप्रमुख अश्विनीकुमार देवकोटाले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षको फलफूल तथा कृषि विस्तारको ‘एक घर एक बगैँचा’ कार्यक्रमअन्तर्गत साढे १२ हजार स्याउका बिरुवा खरिद गरेर ढुवानी गरेपश्चात् कृषकलाई वितरण सुरु गरिएको उनको भनाइ थियो ।

स्याउका विरुवा जिल्लामा पुगेसँगै गाउँपालिकाले वडा नं ६ बाहेक १ देखि ५ सम्मका वडाका बासिन्दालाई ती बिरुवा वितरण गर्न थालेकोे हो । रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा प्रतिबोट रु ७७ दरले खरिद गरिएकोे लेखा प्रमुख देवकोटाले बताए । सेवाप्रदायक निकायले स्याउमा लगानी गरिएको बजेटको ६० प्रतिशतभन्दा बढी ढुवानीमा लगानी गर्न बाध्य भएको जनाएका छन् । त्यसैगरी सिमकोट, खार्पुनाथ, कृषि विकास कार्यालय र स्याउ जोन कार्यक्रमले पनि स्याउ र ओखरका बिरुवा हवाई मार्गबाटै ढुवानी गरेर ल्याउने गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments