मृग मारी लैजादै गरेको अवस्थामा भरुवा बन्दुक सहित पक्राउ

संखुवासभा: चैनपुर नगरपालिका-७ वालेश्वर जंगलबाट १ थान भरुवा बन्दुक र मारेको मृग सहित सोही नगरपालिका-७ फलाटे बस्ने सभापोखरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय दिल बहादुर श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उक्त जंगलमा जंगली जनावरको सिकार हुँदै छ भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिल बहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments