सामूहिक केरा खेती गर्ने कृषक समूहलाई अनुदानमा पिकअप

झापा: झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सामूहिक केरा खेती गर्दै आएको कृषक समूहलाई प्रदेश नं. १ सरकारले मालवाहक गाडी (पिकअप) अनुदानमा उपलब्ध गराएको छ ।

सामूहिक खेती गर्दै आएका कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले झापा गाउँपालिका–३ रङ्गेथानस्थित साधना सांस्कृतिक नमूना कृषक समूहलाई पिकअप प्रदान गरिएको हो ।

कृषि ज्ञान केन्द्र झापामार्फत ८५ प्रतिशत अनुदान र समूहको १५ प्रतिशत लागत सहभागितामा पिकअप प्रदान गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिनुभयो । रू २३ लाख ६० हजारको पिकअप प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लामीले आइतबार हस्तान्तरण गर्नुभएको थियो ।

झापा–३ मा १४ जना कृषकले १०५ हेक्टर क्षेत्रफलमा सामूहिक केरा खेती गरिरहेका छन् । केरा ढुवानीका लागि आफ्नै साधन नहुँदा उत्पादित केरा बिक्री–वितरणमा समस्या भइरहेकोमा अब त्यस्तो समस्या नरहने कृषक चन्द्र बस्नेतले बताउनुभयो । बस्नेत केरा खेतीका लागि इजरायलमा साना किसान कृषि सहकारीमार्फत तालिम लिई हाल सामूहिक केरा खेती गर्दै आउनुभएको छ ।

कृषि मन्त्री मगरले कृषिमार्फत देशलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताउनुभयो । मेहनती कृषकको साथमा सरकार रहेको भन्दै उहाँले कृषकलाई प्रविधिमैत्री र स्रोत साधनयुक्त बनाउन प्रदेश सरकार लागिपरेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments