कर्णालीका १० जिल्लामा पानीको शुद्धता परीक्षण गरिने

जाजरकोट: कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले कर्णालीका सबै गाउँ–गाउँमा पानीको शुद्धता मापन गर्ने उपकरण स्थापना गर्ने भएको छ । दश जिल्लाबाट आएका प्रतिनिधिलाई तालिम दिएर पानी शुद्धता मापन गर्ने (किट बक्स) उपकरणसहित पठाएको छ ।

विज्ञसहितको टोलीले २४ फगुनदेखि फागुन २६ गतेसम्म तालिम दिएर तालिमप्राप्त कर्मचारी जिल्लामा पठाएको हो । दश कर्मचारीलाई तालिमपछि सबै पालिकामा काम गर्ने गरी पठाएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।

तालिममा सिकेको सीप अधिकतमरूपमा प्रयोग गरिने सहभागीले बताएका छन् । प्रत्येक जिल्लामा एकवटा पर्ने गरी पानीको शुद्धता मापन मेसिन पठाएको छ । प्रत्येक मेसिनलाई रु दुई लाख ९० हजारमा खरिद गरी १० मेसिन जिल्लामा वितरण गरिएको मन्त्री सिंह बताए ।

कर्णालीका सबै पालिकामा माग भएअनुसारको ठाउँमा गएर पानीको शुद्धता मापन गर्ने अभियान सुरु भएको छ । फोहर पानी पिउँदा धेरैलाई पानीजन्य रोग देखापरेको रिर्पोटका आधारमा पानी परीक्षणको काम सुरु गरिएको मन्त्री सिंहले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments