वीरगन्जमा बर्डफ्लू भेटियो

वीरगन्ज: वीरगन्जमा कुखुराहरुमा बर्डफ्लू संक्रमण देखा परेको छ ।वीरगन्ज महानगरपालिका–१५ भेडियाहीस्थित सागीर अन्सारीले संचालन गरेको पर्सा कुखुरा फर्मका ब्रोइलर कुखुराहरुमा बर्डफ्लू देखिएको हो। बर्डफ्लू संक्रमणबाट उक्त कुखुरा फर्ममा रहेका १ हजार ९ सय वठा कुखुरा मरेका छन् ।

फर्ममा रहेका कुखुराहरु बर्डफ्लू संक्रमणले मर्न थालेपछि बाँकी रहेका जीउदो कुखुरा र पंक्षीजन्य वस्तुहरु प्रहरीको रोहबारमा शुक्रबार नष्ट गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिए ।बर्डफ्लू संक्रमण भेटिएको उक्त कुखुरा फर्मलाइ सिल पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments