आजको मौसम : प्रदेश १ र गण्डकीमा वर्षाकाे सम्भावना

काठमाडाैं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको अंशिक प्रभाव रहेको छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ ।

प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । पूर्वी हिमाली भूभागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments