पनौती नगरपालिकाले दियो किसानलाई पाडा

काभ्रे: काभ्रेको पनौती नगरपालिकाले किसानलाई पाडा वितरण सुरु गरेको छ ।

पनौती नगरपालिका– १ रयालेका १७ जना किसानलाई लागत साझेदारीमा पाडा वितरण गर्दै कार्यक्रमको सुरुवात गरिएको हो ।
किसानको जीवनस्तर उकास्न तथा मासु उत्पादनमा वृद्धि गर्न पाडा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षमा १ सय १० वटा पाडा वितरण गर्र्दै छ । लागतको ४० प्रतिशत किसानले व्यहोर्नु पर्ने छ । पाडा प्राप्त गर्ने किसानले ९ हजार ६ सय रुपैयाँ वुझाउनु पर्ने छ ।

यसअघि पनौती नगरपालिकाले भैसी संरक्षण अभियानअन्तर्गत ९ सय ५६ वटा भैंसी वितरण गरिसकेको छ भने भैंसी सुत्केरी भत्तासमेत दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments