सोमालियामा खडेरी: ६९ लाख मानिस, ९५ लाख भन्दा बढी पशुचौपाया प्रभावित

काठमाडौं: अफ्रिकी मुलुक सोमालियामा लामो खडेरीका कारण ६९ लाख जनता प्रभावित भएका छन् ।

सोमालियाको विभिन्न भागमा लामो खडेरीका कारण लाखौं जनता प्रभावित भएको भन्दै त्यहाँको सरकारले मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । सोमालियाका प्रधानमन्त्री मोहमद रोब्लेले एक विज्ञप्ति जारी गर्दै खडेरीको अवस्था नाजुक हुँदै गएकाले सहयोग छिटो पुर्याउन दाताहरूलाई आग्रह गर्नुभएको छ ।

खडेरीका कारण झण्डै ६९ लाख मानिस मात्र नभई ९५ लाख भन्दा बढी पशुचौपाया पनि प्रभावित भएको बताइएको छ । पानीको हाहाकार हुँदा लाखौं जनता पिउने पानीबाट बन्चित भएका छन् । सोमालियामा विगत ३ वर्षदेखि पानी परेकाे छैन ।

सरकारले सन् २०११ को अनिकालपछि देशले सबैभन्दा ठूलो खडेरीको सामना गर्नुपरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments