इन्टरनेटबिना प्रयोग गर्न सकिने ‘साथी डिभाइस’

काठमाडौँ: किसानले आफ्नो खेतको माटोको गुणस्तर तथा बालीनालीको स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला धाउनुपर्ने तथा परीक्षणको नतिजा थाहा पाउन लामो समय कुर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

यो काम अब आर्टीफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकतामा आधारित ‘साथी’ डिभाइसले गर्ने भएको छ । महिला विकास समाजमा आबद्ध महिला प्राविधिक विज्ञ समूहले यो डिभाइस निर्माण गरी सार्वजनिक गरेको हो ।

किसानलाई तत्काल आइपर्ने समस्यालाई समाधान गर्ने उद्देश्यले यो डिभाइस निर्माण गरेको महिला प्राविधि विज्ञसमूहका संयोजक लचना हाडाले बताउनुभयो । जर्मनको टेक्निकल युनिभर्सिटी अफ म्युनिकबाट स्नातकोत्तर गर्नुभएका हाडाले त्यहाँ मुटु सर्जरीको सफ्टवेयर बनाउँदै आउनुभएको थियो । उहाँले नै नेपालमा माटोको गुणस्तर नाप्ने साथी डिभाइसको आविष्कार गर्नुभएको हो ।

नेपालका किसानले खेतीपाती गर्दा सामना गर्नुपर्ने विभिन्न किसिमका समस्यालाई साथी डिभाइसको प्रयोगबाट पहिचान गरी समाधानका लागि पहल गर्न सघाउने दाबी सो समूहले गरेको हो । कुन बाली लगाउने, खेतको माटोको गुणस्तर, बालीनालीको रोगको उपचारका लागि पहल गर्न सजग गराउन पनि यो डिभाइस सहयोगी हुने उहाँले दाबी गर्नुभएको छ । यो डिभाइस इन्टरनेटबिना पनि प्रयोग गर्न सकिने भएकोले दुर्गम क्षेत्रका किसानले पनि यसलाई प्रयोग गर्न सकिने सो समूहले जनाएको छ ।

कम खर्चमा जडान तथा प्रयोग गर्न सकिने ‘साथी’ डिभाइस हार्डवेयर र सफ्टवेयर तयार गरिएको छ । हार्डवेयरका लागि केही खर्च लाग्न सक्ने उहाँले बताउनुभयो । सफ्टवेयरले बालीनालीमा लाग्ने २६ किसिमका रोगको पहिचान पनि गर्न सक्छ ।

हाल यस डिभाइसले धान, गहुँ, केरा, गोलभेँडा, आलु जुट तथा कफीलगायत २३ किसिमका बालीमा लागेको रोग पत्ता लगाउन सक्ने समूहले जनाएको छ । यस एप्स एवं डिभाइसको परीक्षण काठमाडौँको सतुङ्गल र फर्पिङमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments