रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप

एजेन्सी :युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन ।

रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ । युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्कीले युक्रेन र छिमेकी देशलाई भोकमरीमा जान नदिने बताउनुभएको छ । युक्रेनबाट अस्ति बिहीबार मात्रै ७१ हजार टन मकै बोकेको कार्गो जहाज रोमानिया गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments