निर्वाचनको मौका छोपी दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको मूल्यवृद्धि

काठमाडाैं :स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा बजारमा दैनिक अति आवश्यकीय उपभोग्य वस्तुको भाउ आकासिएको छ । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । खाने तेल, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धिले भान्सा महँगिएको छ ।

सरकार निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले विभिन्न बहानामा खाद्यवस्तुको मूल्य बढाउन र कृत्रिम अभाव सिर्जना गर्न थालेका हुन् ।

बजारमा कालोबजारी मौलाउँदासमेत सरकारका जिम्मेवार निकाय रमिते बनेको आरोप उपभोक्ता अधिकारकर्मीले लगाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले बजारमा एलपी ग्यास उद्योग र थोक बिक्रेताबाटै कालोबजारी हुँदासमेत बजार अनुगमनको जिम्मेवार निकाय एक÷दुईवटा खुद्रा पसलेलाई जरिवाना गरेको नाटक मात्रै गरेको आरोप लगाए ।

उपभोक्ता अधिकारकर्मी माधव तिमल्सेनाले आयातित वस्तुको आयात मूल्य र कारोबार गरिएको मूल्यको अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments