किसानहरूले मल नपाएको विषयमा छलफलको माग राख्दै एमालेद्वारा संसद्मा ‘स्थगनको प्रस्ताव’ दर्ता

काठमाडौं :प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा स्थगनको प्रस्ताव दर्ता गराएको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले जारी बजेटमाथिको छलफल स्थगन गर्दै रासायनिक मलको बारेमा छलफल गर्न माग राख्दै स्थगनको प्रस्ताव दर्ता गराउनुभएको हो ।

किसानहरूले समयमा मल नपाएको र सरकार त्यस विषयमा गम्भीर नभएको भन्दै एमालेले स्थगनको सूचना संसद् सचिवालयलाई दिएको छ ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments