सोमालियामा खाद्यान्न अभाव भएका क्षेत्रमा राष्ट्रसङ्घीय एजेन्सीद्धारा उद्धार सुरु

मोगादिसु: सोमालियमा केही समयदेखि खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न भएको खाद्यान्नको अभावको समस्या समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले एक न्यूनतम सहयोग कार्यक्रम सुरु गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरु विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र यी एजेन्सीहरुका सहयोगी दाता निकायहरु समेतको सहभागितामा यो न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको बताइएको छ ।

विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले यहाँका नागरिकमा खडेरीका कारण ठूलो समस्यामा परेका, भोकमरीका कारण उनीहरु विस्थापित भएका भन्दै मानवीय सहायता स्वरुप यो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

उनले यहाँका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँहजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताए।

संयुक्त राष्ट्रसङ्घीय एक अध्ययनले दिएको जानकारीअनुसार यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेका देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments