पेट्रोलियम पदार्थको मुल्यमा भारी वृद्धि, निगम अझै घाटामा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकै पटक भारी मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २१ रुपैंया तथा डिजेल र मट्टीतेलमा २७ रुपैंया बढाएको छ । अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १ सय ९२ रुपैंया कायम भएको छ ।

यसैैगरी, हवाई इन्धनको मूल्य आन्तरिकतर्फ रु १९ ले वृद्धि गरी प्रतिलिटर १८५ रुपैंया तथा बाह्यतर्फ अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलो लिटर १६ सय ४५ डलर कायम गरिएको छ ।

निगमले एलपी ग्यासको खुद्रा मूल्य भने हाललाई यथावत नै राखिएको जनाएको छ ।

मूल्यवृद्धि गर्दापनि निगमलाई घाटा हुने दावी पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments