असिनाको असर : घट्दो आलु उत्पादन

बलेवा :काठेखोला गाउँपालिका–३ धम्जा आलुको पकेट क्षेत्र हो । यहाँका अधिकांश किसानको वार्षिक आम्दानीको स्रोत हो आलु खेती । आलुका अलवा यहाँ मकै, गहुँ जौ, कोदो र अन्य नगदेबालीको पनि राम्रो खेती हुन्छ ।

माटो, सिँचाइ र हावापानीले साथ दिएको भए पनि पछिल्लो समय यहाँका किसान दैवीप्रकोपबाट आजित भएका छन् । बर्सेनि असिना र तुसारोका कारण बालीमा हुने क्षतिले यहाँका किसानलाई सताएको हो । धम्जाका किसान डिलबहादुर छन्त्याल असिनाको मारमा नपरेको भए अहिले उहाँको भण्डार गृह आलुले भरिएको हुन्थ्यो तर, चैत वैशाखमा वर्षासँगै आएको असिनाले उहाँको बालीमा ठुलो क्षति ग¥यो ।

केही वर्ष पहिलेसम्म उहाँको बारीमा लगाएको आलुमा एक झालमा आधा किलो आलु फल्थे । यो वर्ष एक झालमा दुईतीन दाना मात्रै उहाँले फसल लिन पाउनुभयो । “दुई वर्षअघि असिनाले खायो आलु भएन, पोहोर साल असिना नपरेकाले राम्रो फलेको थियो”, छन्त्यालले भन्नुभयो, “अहिले त ठूलो खात लागेर असिना पार्यो आलु फलेन ।”

तुसारो र असिनाका कारण आलुमा देखिने रोगको सङ्क्रमणका कारण उत्पादन कम हुँदा यहाँका किसानलाई गुजारा चलाउनै कठिन हुने गरेको छ । धम्जामा व्यवसायीक रूपमै आलुको खेती गर्दै आएका डिलबहादुर छन्त्याल, तुलबहादुर छन्त्याल र मनबहादुर थापाजस्ता कयौँ किसानको लाखौँको आलुबाली नष्ट भएको तथ्याङ्क वडा कार्यालयसँग छ ।

धम्जामा असिनाका कारण हुने क्षतिको कमी गर्नका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने किसानको माग छ । असिनाले मकै, जौ, गहुँ, कोदो र अन्य नगदेबाली तथा फलफूल तरकारीमा ठूलो क्षति पु¥याउने गरेको छ । यस वर्ष मात्रै झण्डै रु ३० लाख मूल्य बराबरको आलु बालीमा क्षति भएको तथ्याङ्क वडा कार्यालयसित छ ।

“हामी असिनाको रोकथामका लागि आलु बालीमा जाली लगाउने की भन्ने योजानमा छौँ”, वडाध्यक्ष तुलबहादुर विकले भन्नुभयो, “असिना र तुसारोबाट जोगाउने उपायको खोजीमा र्छौं ।” वडाले पीडित किसानका लागि राहत उपलब्ध गराउन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन क्षतिको विवरण तयार गर्ने काम गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments