देशका केही स्थानमा चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठकाडाैं : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।

आज (आइतबार) बिहान गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण रुपमा बदली रहेको छ । त्यस्तै, बाँकी प्रदेशमा भने सामान्य बदली रहेको छ । त्यस्तै, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-१, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो भने देशका पहाडी भू-भागमा सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै, देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, प्रदेश-१, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments