पाँच किसिमका तरकारीमा घातक विषादी

काठमाडौँ: काउली र गोलभेँडासहित विभिन्न पाँच किसिमका तरकारीमा घातक विषादीको अवशेष पाइएको छ ।

कालीमाटी तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण प्रयोगशालामा परीक्षण गरेका तरकारीका नमुनामध्ये काउली, तुनेबोडी, गोलभेँडा, हरियो खुर्सानी र भेँडेखुर्सानीमा बढी विषादीको अवशेष फेला परेको पाइएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाका अनुसार कालीमाटीको विश्लेषण एकाइमा गत आर्थिक वर्ष २०७८\७९ मा दुई हजार ८८३ वटा नमुनाको परीक्षण गरिएकोमा ४६ वटामा अत्यधिक विषादी अवशेष भेटिएको हो ।

परीक्षण गरिएका नमुनामध्ये तोरीको साग, काउली, हरियो खुर्सानी, गोलभेँडामा सातरसात वटा खान नहुने विषादीको अवशेष भेटिएको थियो ।

यस्तै तुनेबोडीमा पाँचवटा, काँक्रो र घिउ सिमीमा तीनरतीनवटा, भेँडेखुर्सानी र गाँजरमा दुईरदुई वटा, हरियो फर्सी, बन्दा सलगममा एक÷एक वटामा विषादीको अवशेष भेटिएको थियो । यी तरकारीमा विषादीको रोकावट दर ४५ देखि १२० प्रतिशतसम्म थियो ।

यस्तै सो अवधिमा २९ किसिमका तरकारीमा केही दिन पर्खेर पुनः परीक्षणमा रिपोर्ट ठीक भएमा खान मिल्ने विषादीको अवशेष भेटियो । यो भनेको विषादीको रोकावट दर ३५ देखि ४५ प्रतिशत हो । विषादीको रोकावट दर ३५ प्रतिशतभन्दा कम भएकालाई मात्र सहज खान मिल्ने भनी वर्गीकरण गरिएको छ ।यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments