तिहारमा ७५ करोडको फलफूल आयात

काठमाडाैं  :यो वर्षको तिहारमा ७५ करोडको फलफूल आयात भएको छ ।

भारतीय चक्लेटी स्याउ १० करोडको, चिनियाँ स्याउ २० करोड रुपैयाँको आयात हुदा मनाङ, मुस्ताङलगायत जिल्लाबाट करिब तीन करोडको स्याउ उपत्यका भित्रिएको व्यवसायीले बताएका छन् ।

नेपालभर कूल स्याउ खपतको करिब १० प्रतिशत मात्रै नेपाली स्याउले स्थान पाएको छ । नेपालमा भारतीय केराको ७० प्रतिशत दबदवा रहदा ३० प्रतिशत मात्र नेपाली केरा छ ।

तिहारका पाँच दिनमा मात्रै ४० करोडको केरा आयात भएको व्यवसायीको तथ्याङ्क छ । यसैगरी तिहारको लागि कुलेश्वर थोक बजारमा मात्रै भारतबाट पाँच करोड रुपैयाँको सुन्तला भित्रियो । मौसम तीन करोड रुपैयाँ, नरिवल दुई करोडको भित्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments