चौधरीको अगाडि घण्टीका ठकुरी

नवलपरासी, ६ मङ्सिर :नवलपरासी(बर्दघाट सस्ता पश्चिम) क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि पर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी)ले अग्रता लिनुभएको छ । ठकुरीले चार हजार छ सय ८९ मत प्राप्त गर्नुभएको छ भने चौधरीले चार हजार पाँच सय ६० मत प्राप्त गर्नुभएको छ ।

यस्तै तेस्रो स्थानमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी तीन हजार चार सय तीन मत प्राप्त गर्नुभएको छ । घण्टी चिह्न भएका ठकुरी चौधरीभन्दा एक सय २९ मतले अगाडि हुनुहुन्छ भने त्रिपाठीभन्दा एक हजार दुई सय ८६ मतले अगाडि हुनुहुन्छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments