खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी

पाटन, ८ मङ्सिर :ललितपुर जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की डाक्टर तोसिमा कार्की विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार उहाँ ३१ हजार एक सय ३६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै डाक्टर तोसिमा विजयी हुनुभएको हो ।

खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments