बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी संकटमा

मान्म:कालीकोटमा बिरुवा बिक्री नहुँदा नर्सरी व्यवसायी संकटमा परेका छन् । स्थानीय रुपमा उत्पादन गरिएका नगदे बालीका बिरुवा बिक्री नहुँदा उनीहरु समस्यामा परेका हुन् । जिल्लामा उत्पादन गरिएका स्याउ, सुन्तला, अनार, कुरिल्लो, ओखर, कागती, अनार, सितलचिनी र लौठलगायतका बिरुवा बिक्री भएको छैन ।

नर्सरीमा उत्पादन गरिएका बिरुवा बिक्री नहुँदा आफू मर्कामा परेको पचालझरना गाउँपालिका–६ स्थित तुडिखेतमा रहेको केपियर्स नर्सरी फार्मका सञ्चालक कर्णप्रसाद चौलागाईंले बताउनुभयो । उहाँले आफूले नर्सरीमा कुरिलो एक हजार पाँच सय, अनार सात हजार, ओखर एक हजार तीन सय, महिरपख्खी तीन हजार दुई सय, लौठ चार हजार तीन सय, सल्लोका पाँच हजार तीन सय, शीतलचिनीका पाँच सय, टिमुर एक सय, कागतीका दुई हजार दुई बिरुवा बिक्री नभएको जानकारी दिनुभयो ।

“विसं.२०७४ मा स्थापना गरिएको नर्सरीमा रहेका बिरुवा बिक्री नहुँदा समस्या उत्पन्न भएको छ ।” उहाँले भन्नुभयो,“हरेक वर्ष यहाँका पालिकाले बिरुवा खरिद गरी वृक्षरोपण गर्ने गरेका छन् । तर, स्थानीय नर्सरी बिरुवा खरिद नगरी बाहिरबाट बिरुवा ल्याउने गरेका छन् ।”

जिल्लाको हावापानीमा सुहाउँदो बिरुवा नर्सरीमा उत्पादन हुने गरेको तर, यहाँका बिरुवा बिक्री हुननसकेको आफूहरुले बर्सेनि घाटा बेर्होनु परेको तिलागुफा नगरपालिका–१ का नर्सरी व्यवसायी रामबहादुर बुढाले बताउनुभयो । ‘हामीले उत्पादन गरेका बिरुवा बिक्री हुन छाडेका कारणले समस्या भएको छ ।’ उहाँले भन्नुभयो,“स्थानीय सरकार तथा अन्य निकायले स्थानीय नर्सरीमा उत्पादन भएको बिरुवा खरिद गरेर नर्सरी व्यवसायीलाई प्राहोत्सान गर्नुपर्छ ।”

यहाँमा माटो सुहाउँदो स्थानीय बालीनालीको आवश्यकता अनुसार बिरुवा उत्पादन हुने गरेको नरहरिनाथ गाउँपालिका–७ का रामबहादुर बटालाले बताउनुयो । ‘स्थानीय उत्पादनलाई प्रोहोत्सान सरकारी नीति रहेको छ ।’ उहाँले भन्नुभयो,“तर, यहाँ उत्पादन गरिएका बिरुवा बिक्री नहुने र बाहिर जिल्लाबाट बिरुवा खरिद गर्ने गरिएको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments