म्याग्दीमा अर्ग्यानिक कृषि उत्पादन अभियान

गलेश्वर:म्याग्दीका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन् । रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादन घट्न थालेपछि यहाँका किसानले प्राङ्गारिक मल र रैथाने बिउबिजनको प्रयोगमा जोड दिन थालेका हुन् ।

किसानको यो अभियानलाई यहाँका स्थानीय तहले पनि सघाउने भएका छन् । जिल्लाको मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरी फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहित र पुरस्कृत गर्ने गरेको छ ।

रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेका बेला मङ्गलाले अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन पहल गरिएको हो ।

गाउँपालिका र स्थानीय किसानको संयुक्त पहलमा मङ्गलालाई अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका बनाउन अभियान सुरु गरेपछि किसान पनि उत्साहित भएका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।

गाउँपालिकाले प्राङगारिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि बनाएर काम गरिरहेको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

त्यसैगरी जिल्लाका अन्य पालिकामा पनि प्राङ्गारिक खेती प्रणालीतर्फ किसान आकर्षित हुन थालेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । यसलाई सहज गराउन कृषि ज्ञान केन्द्र म्याग्दीले पनि सहजीकरण गरिरहेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।

किसानले स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैँसीको मूत्र, मानव र जैविक विषादीको प्रयोगबाट रोगकीरा पहिचान तथा व्यवस्थापन गर्दै आएका छन् । उनीहरुले तितेपाती, असुरो, खरानी, गाईभैँसीको मूत्रको प्रयोगबाट खेतीबालीमा लाग्ने रोगकीरा नियन्त्रण गरी स्वच्छ फसल उत्पादन बढाउने कामसमेत गर्न थालेका छन् ।

प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गर्दा प्रति इकाई भूमिबाट अधिक उत्पादन हुनुको साथै पर्यावरण वातावरण सन्तुलन राख्न सहयोग पुग्ने कृषि विज्ञको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments