रैथाने बालीका लागि सिमकोट गाउँपालिका र खाद्य व्यवस्थापनबीच सम्झौता

हुम्ला:सिमकोट गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाबीच हुम्लामा उत्पादन हुने स्थानीय रैथाने बालीको खरिद तथा सङ्कलन बिक्री तथा बजारीकरणका लागि साझेदारी सम्झौता गरिएको छ ।

नेपालको विद्यमान कृषि प्रणाली व्यवसायलाई अघि बढाउनका लागि नेपाल कम्पनीले सिमी र चिनोको उत्पादनका लागि खरिद गरी नेपालगञ्ज काठमाडौँ लैजानको लागि पहिलो पटक सम्झौता गरेको छ । उक्त शाखाका निमित्त शाखा प्रमुख कृष्णप्रसाद अधिकारी र सिमकोट गाउँपालिकाका प्रशासकीय अधिकृत उजिर रोकायाले प्रमुख जिल्ला अधिकारी सीता परियारको रोहबरमा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार आर्थिक वर्ष २०७९/०८० मा लागू हुने गरी ५० क्विन्टल सिमी र चिनो कम्पनीले पहिलो पटक खरिद गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउनका लागि खाद्य व्यवस्था खरिद बिक्री शाखा कार्यालय काठमाडौँले पत्राचार गरेपछि हुम्ला जिल्लामा पनि आजदेखि बजारीकरण एवं लक्ष्य राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments