व्यासमा हलगोरु पाल्ने किसानलाई रु दश हजारका दरले अनुदान

तनहुँ:जिल्लाको व्यास नगरपालिका–१ नं वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई अनुदान दिने भएको छ ।

वडा कार्यालयले हलगोरु पाल्ने कृषकलाई रु दश हजारका दरले अनुदान रकम प्रदान गर्न लागेको हो । वडाभित्र हलगोरु पाल्ने किसानको तथ्याङक सङ्कलन गर्ने क्रममा १८ किसानले आवेदन दिएको कार्यवाहक वडाध्यक्ष मणिजङ्ग बस्नेतले जानकारी दिनुभयो । हलगोरु पाल्ने किसानलाई स्वतः उक्त रकम अनुदान प्रदान गरिने उहाँले बताउनुभयो । हाते ट्रयाक्टर खरिद गर्न नसक्ने किसानलाई मध्यनजर राख्दै गोरु पाल्ने किसानलाई प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।

कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएसँगै तथ्याङ्क सङ्कलन गरी अनुदानको प्रक्रियामा रहेको सो वडा कार्यालयले जनाएको छ । अनुदान कार्यक्रमका लागि कूल रु चार लाख बजेट विनियोजन भएको छ । उहाँले भन्नुभयो, “किसानको माग सङ्ख्या धेरै र बजेट कम भएका कारण न्यून किसिमका किसानलाई प्राथमिकतामा राखेर छनोट गरी अनुदानको व्यवस्था मिलाइनेछ ।”

बाख्रा ६४, बङ्गुरमा ३२, भँैसी १५, गाई सात, कुखुरा नौ र तरकारीमा तीन किसानले आवेदन दिइसकेका छन् । गोरु पाल्ने किसानबाहेक अन्यमा न्यून आय भएका र अनुदान नदिई नहुने अवस्थाका किसानलाई अनुदान प्रदान गर्ने योजना रहेको छ ।

वडा कार्यालयले नियम बनाएर अनुदान वितरण गर्ने सोच बनाएको छ । बजेट थोरै र माग सङ्ख्या बढी भएका कारण न्यूनस्तरका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइने वडा सचिव मञ्जु कँडेलले बताउनुभयो । गोरुले जोत्ने परम्परा लोप हुने अवस्थामा पुगेकाले त्यसको संरक्षण गर्न र किसानलाई टिकाइ राख्न गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments