गाँजाखेतीको सकारात्मक पक्षलाई उजागर गर्नुपर्छ : पूर्वमन्त्री तामाङ

काठमाडौँ:पूर्वमन्त्री शेरबहादुर तामाङले गाँजा खेतीको सकारात्मक पक्षलाई उजागर गर्न जरुरी रहेको बताउनुभएको छ । नीति अनुसन्धान प्रतिष्ठानद्वारा आज आयोजित ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरण ः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा कानूनले गाँजा खेतीलाई वैधानिक नमानेकाले अनुसन्धानकर्ताले यसको सकारात्मक पक्ष उजागर गरे कानूनी प्रक्रियालाई प्रभावमा पार्न सकिने बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीले नीति अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य अनुसन्धान परिषद्ले संयुक्तरूपमा गरेको अनुसन्धानमा गाँजा खेतीको प्रभाव, वर्तमान परिवेश, मार्गदर्शनबारे अध्ययन गरी सम्बन्धित निकायलाई सिफारिस गरेको जानकारी गराउनुभयो । उक्त अध्ययनबाट गाँजाको सकारात्मक पक्षलाई स्पष्ट पार्न मद्दत पुयाउन सक्ने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले राज्यले गाँजा खेतीको विकासबारे नीतिगत व्यवस्था गर्न ढिलाइ गर्नु हुँदैन भन्दै गाँजा खेतीले नेपालको अर्थतन्त्रलाई कायापलट गर्छ भन्नेमा दुईमत नरहेको बताउनुभयो ।

कार्यक्रममा गाँजाका सम्बन्धनमा पर्याप्त अनुसन्धान नभएको, औषधि प्रयोजनका लागि राज्यले प्राथमिकता दिनुपर्ने, नीति प्रतिष्ठानले यस विषयलाई मूल विषय बनाउनुपर्ने, आर्थिक लाभको बलियो आधार, नियमन र व्यवस्थापन गर्ने गरी कानून निमार्ण गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments