तेह्रथुमका किसान पनि अदुवा उत्पादनमा आकर्षित

तेह्रथुम :
पूर्वी नेपालमा अदुवाले राम्रो बजार पाएको छ । तेह्रथुमका किसान पनि अदुवा उत्पादनमा आकर्षित बनेका छन् ।

गत वर्ष अदुवाले बजार नपाउँदा चिन्तित बनेका किसान यसवर्ष उत्साहित छन् । यो बर्ष अन्तराष्ट्रिय बजारमा अदुवाको माग बढ्दो रहेको तथा अदुवाले राम्रो मूल्य पाएपछि किसान हर्षित बनेका हुन् । अहिले अदुवा प्रतिकिलो ४२ रुपैयाँका दरले विक्रि भइरहेको छ ।

तेह्रथुमको म्याङलुङ्ग, साब्ला, ओयाक्जुङ्ग, पिप्ले, तम्फुला, मोराहाङ्ग, जलजले, जिरिखिम्ती, खाम्लालुङ्ग, सक्रान्ति लगायतका क्षेत्रमा अदुवाको खेती हुँदै आएको छ । यो वर्ष करिव ४ हजार मेट्रिकटन अदुवा उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ')}

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments