मकैमा प्रमुख खाध्यतत्वहरुको भुमिका
मकैका बिरुवालाई चाहिने १६ तत्वमध्ये प्रमुख खाध्यतत्वहरु ३ वटा(नाईट्रोजन,फस्फोरस र पोटास) छन । यी खाध्यतत्वहरुको बालीबिरुवामा भुमिका तथा कमिका लक्षणहरु तल व्याख्या गरिएको छ ।
नाईट्रोजन:
अरु बाली जस्तै मकैलाई पनि नाईट्रोजन अति आबश्यक पर्ने तत्व हो । मकैले आफ्नो बृद्दी र बिकासको अबधिसम्म उपभोग गरिरहन्छ। तर पनि धान चमरा आउनु भन्दा २ हप्ता अगाडि र निस्केको ३ हप्तासम्म अति नै आबश्यक तथा उपयोग हुन्छ। सुरुको कलिलो अबस्थामा समेत बोटको वृद्धि बिकासको लागि नाईट्रोजन आबश्यक पर्दछ। नाईट्रोजन तत्वको कमि भएमा बोट होचो र बटारिएको (Stunted & Spindly) देखिनुको साथै पात पहेलो हुन्छ । बिरुवामा नाईट्रोजन तत्व नदिएको खण्डमा बोटका पुराना पातबाट नाईट्रोजन नयाँ पातमा जाने हुनाले पुराना पातको टुप्पादेखि V आकारमा पहेलिदै जान्छ र बिस्तारै पुरै पात पहेलिन्छ । नाईट्रोजनले हरितकण निर्माणमा सहयोग गर्ने हुनाले यदि यसको कमि भएमा हरितकण निर्माण हुन सक्दैन र पात पहेलो हुन्छ कहिलेकाहीं मकैको बोट पहेँलिने र सुक्ने पानीको अभाबमा समेत हुने गर्छ तर पानीको अभाव भएमा बोटका सबै पातहरु टुप्पाबाट सुक्ने र पहेँलिने हुन्छ।
यो अबस्था सुख्खा मौसम र बर्षा दुबैमा देखिन्छ।
फस्फोरस:
फस्फोरस बिरुवाको कोष तन्तु बिभाजन,जरा हाङ्गाको बिकास,बीउ वा दानामा बिज तत्व(Kernal)को बिकासमा मद्द्त गर्दछ। यसको कमि भएमा बिरुवाको पात टुप्पादेखी भित्रपट्टी बैजनी(Purple)रङ्गमा परिणत हुन्छ । अन्तमा पातको टुप्पा सुकि खैरो हुन्छ। फस्फोरस कमि हुँदा पातमा Sugar को मात्रा जम्मा भै एन्थोसायनिन अर्थात बैजनी रङ्ग(रातो निलो) दिने बस्तु बढ्छ। कुनैकुनै मकैको जातमा उपरोक्त रङ्ग नदेखिई कासको जस्तो (Bronzing Color)रङ्ग देखापर्छ ।पहाडमा र उच्च पहाडमा यस्तो लक्षण बढी देखिन्छ।फस्फोरसको कमि भएमा परागसेचन राम्रोसङ्ग हुन नपाई जुँगा ढिलो निस्किई दाना नलाग्ने वा लागेपनि बाङ्गाटिङ्गा लाग्ने आदि समस्या देखिन्छ ।
पोटास:
पोटास विशेष गरि बिरुवाको वृद्धि बिकासको लागि उपयोगी हुन्छ । बिरुवामा यसको कमि भएमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भइ रोग किराको समस्या बढि देखिन्छ । बिरुवाको डाठ मोटो र बलियो बनाउछ । यसको धेरै कमि भएमा पात पहेलो र कास(Bronz)जस्तो रङ्गमा परिणत हुन्छ ।
नोट: फस्फोरसयुक्त ,पोटासयुक्त र प्रङगारिक मलको पुरै भाग तथा नाईट्रोजनयुक्त मलको आधा भाग जमिन तयारिको बेलामा माटोमा प्रयोग गर्ने र बाकी नाईट्रोजनयुक्त मललाई २ भागमा बाडेर १ भाग घुडा जत्रो उचाईको अबस्था (Knee Height Stage) र अर्को १ भाग धान चमरा(Tasselling)गर्ने बेला टपड्रेस गर्नुपर्दछ।
संकलक: प्रदिप भारती,सिम्ता ८ सुर्खेत,कर्णाली प्रदेश,BSc Ag 3rd semester,Maya College Of Agriculture and Technology, Deharadun