सोली निर्माण गर्नुहुँदै ८० वर्षीय बाबुलाल
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१, चौताराडाँडाका ८० वर्षीय ज्येष्ठ नागरिक बाबुलाल घिसिङ बाँसको चोयाबाट सोली निर्माण गर्नुहुँदै । घिसिङले ६८ वर्ष अगाडि प्रतिगोटा पाँच मोहोरमा बेचेको सोली अहिले रु एक हजारमा किन्न ग्राहक घरैमा आउँछन् । उहाँले डोको, डालो, मान्द्रो, छुर र भकारी निर्माण गर्नुहुन्छ ।
तस्बिरः राधिका बुढाथोकी/रासस