केरा खेतीमा लगानी बर्सेनि बढ्दै

कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर ५ गुलरियाका सुरेन्द्र चौधरीले ४० लाख रुपैयाँभन्दा बढी लगानी गरी १६ बिघामा केरा खेती गरेका छन् । उनले हरेक वर्ष लगानी र क्षेत्रफल बढाउँदै लगेका छन् । उनले सुरुमा दुई कट्ठामा केरा लगाए । त्यसपछि बढाउँदै लगेका हुन् ।

कृष्णपुरमा मात्रै आफ्नो र थप तीन बिघा भाडामा लिएर उनले केरा लगाएका छन् । कैलालीको लालपुरमा पनि १२ बिघा जमिन भाडामा लिएर यसै वर्षदेखि केरा खेती विस्तार गरेका छन् ।

‘गत वर्ष २० लाखको केरा बिक्यो, त्यो रकम पनि केरा खेतीमै लगाएँ,’ सुरेन्द्रले भने, ‘मौसम अनुकूल भयो र हावाहुरी चलेन भने यस वर्ष ४५ लाखको उत्पादन हुने अनुमान छ ।’ उनको केराको बजार महेन्दनगर र कैलालीको अत्तरिया हो ।

कृष्णपुर नगरपालिका ५ गुलरियाकै अर्जुन जेठाराले पनि दुई कट्ठादेखि सुरु गरेको केरा खेती अहिले १७ बिघामा पुर्‍याएका छन् ।
०६४ मा इलम हेल्भटासबाट तालिम, मलखाद र केराका बिरुवा पाएपछि उनले व्यावसायिक खेती सुरु गरेका हुन् । ‘त्यही दुई कट्ठाबाट सुरु गरि आज १७ बिघासम्म पुर्‍याएको छु,’ अर्जुनले भने, ‘केराको आम्दानी केरामै लगाएको छु ।’जेठाराले पनि केरा खेतीमा ४० लाख बढी लगानी गरेका छन् ।उनले हरेक वर्ष खेती विस्तार गर्दै लगेका छन् ।

केराबाट हुने आम्दानी यसमै लगाएको उनले बताए । जेठारासँग एक बिघा मात्रै जमिन छ । बाँकी जमिन विभिन्न ठाउँमा वार्षिक प्रतिबिघा ५०/६० हजार तिर्ने गरी भाडामा लिएका छन् ।

अहिले कञ्चनपुरमा खेती विस्तार मात्रै होइन प्रविधि पनि भित्रिन थालेको छ । थोपा सिँचाइ, केरा पकाउने आधुनिक प्रविधि (राइपनिङ चेम्बर) को पनि स्थापना हुने क्रम बढेको छ । यसले केरा खेतीप्रतिको आकर्षण बढाएको छ । अहिले जिल्लाभरिमा पाँच सय हेक्टरमा केरा खेती भइरहेको छ । भीमदत्त नगरपालिका ३ नौलाखेतमा केरा उत्पादन कृषि सहकारी संस्थालेपाँच बिघामा थोपा सिँचाइ प्रविधिबाट यसैवर्षदेखि केरा खेती सुरु गरेको छ ।

चुरे फेदी र जिल्लाको दक्षिणी क्षेत्र बेलौरी तथा पुनर्वास केरा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । यसैगरी जिल्लाका विभिन्न ठाउँमा टिस्यु कल्चरबाट बिरुवा उत्पादन हुने क्रम पनि बढदै गएको छ । यस वर्ष जिल्लामा छ लाख टिस्यु कल्चर बिरुवा उत्पादन गर्ने लक्ष्यराखिएको छ ।

गत वर्ष पनि छ लाख बिरुवा उत्पादन गरिएको थियो । स्थानीय तह र विभिन्न संघसंस्थाको सहयोगमा खेती विस्तारसँगै प्रविधिभित्रिने क्रम पनि तीव्र गतिमा भइरहेको छ ।कान्तिपुर ')}

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments