कोदो फल्ने जमिनमा गोलभेंडा

हेटौंडा — सीप र जाँगर भएपछि कोदो र मकै मात्र उत्पादन हुने जमिनमा मनग्ये गोलभेंडा र फर्सी उत्पादन हुन थालेको छ ।

हेटौंडा उपमहानगरपालिका १४ मयुरधापका सानु मोक्तानले ३५ लाखको लागतमा १२ कट्ठा रुखो जमिनमा गोलभेंडा र फर्सी उत्पादन गरेका हुन् । सात वर्ष इजरायलमा तरकारी खेती गरी फर्केका मोक्तानले अहिले त्यहाँको सीप र जाँगरलाई यहाँ भरपुर प्रयोग गर्दै छन् । उनलाई सरकारले पनि सहयोग गरेको छ ।

अहिले व्यवसाय बेमौसमी तरकारी खेतीमा मोक्तान व्यस्त र मस्त छन् । आफ्नै जग्गामा परिवारका सबै मिलेर तरकारी खेती सुरु गरेका हुन् । कृषि विकास तरकारी विकास निर्देशनालय खुमलटारको प्रिसजन तथा प्रोटेक्टेड हर्टिकल्चर प्रविधि विस्तार कार्यक्रमअन्तर्गत सानु एग्रिकल्चर फार्ममार्फत गोलभेंडा र फर्सीको उत्पादन गरिरहेका छन् ।

उच्च मूल्य बेमौसमी तरकारी उत्पादनअन्तर्गत एग्री नेट हाउस तथा थोपा सिँचाइमार्फत ३ हजार ९ सय ६० वर्गमिटरमा तरकारी खेती गरिएको छ । तरकारी विकास निर्देशनालयको २१ लाख २१ हजार ४ सय ५ रुपैयाँ अनुदान र आफ्नो करिब १४ लाख गरी करिब ३५ लाखको लागतमा तरकारी खेती गरेका हुन् ।

‘एग्री नेट हाउसको आयु पाँच वर्षको हुने भएकाले पहिलो वर्ष लगानी नउठे पनि दोस्रो वर्षदेखि लगानी उठेर आम्दानी हुन थाल्छ,’ कृषक सानुले भने । तरकारी बालीमा अहिले गोलभेंडा र फर्सीको उत्पादन सुरु भएको छ ।कान्तिपुर ')}

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments