जडीबुटी कुहिने चिन्ता

सिमकोट, व्यापारीहरूले सङ्कलन गरेका जडीबुटी हालै परेको हिमपातका कारण भिजेकाले कुहिने चिन्ता गरेका छन् ।
बाक्लो हिमपातका कारण विमानस्थालमा थुपारिएका जडीबुटी भिजेका र लामो समयसम्म सुकाउन नसक्दा ठूलो नोक्सानी व्यहोर्नु परेको व्यापारीहरूले गुनासो गरेका छन् ।
सिमकोट विमानस्थलमा साठी क्विन्टल जटामासी त्यतिकै छोडेर आउनुभएका जडीबुटी व्यापारी रामबहादुर भण्डारीले हिमपातका कारण भिजेको जडीबुटी लामो समयसम्म सुकाउन नपाएपछि कुहिन थालेको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, भिजेको जडीबुटी अब केही दिनभित्र सुकाउन नपाए करिब ३६ लाख रुपियाँ बराबरको घाटा बेहोर्नु पर्नेहुन्छ ।
त्यस्तै ८० भन्दा बढी क्विन्टल जटामासी सिमकोटमै राख्नुभएका व्यापारी कल्लाने बुढाले पनि हिउँ पग्लन थालेपछि जडीबुटी भिजेर कुहिन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो । लामो समयसम्म घाम नलागेपछि सङ्कलन गरिएका जडीबुटी कुहिन थालेका उहाँको भनाइ छ ।
व्यापारी बुढाले जडीबुटी भण्डारन गरिएको स्थानको हिउँ पन्छाए पनि घाम नलाग्दा सुकाउन नसकिएको बताउनुभयो ।
अहिले सिमकोटमा मात्र नौ सय क्विन्टलभन्दा बढी जटामासी थुपारिएको व्यापारी बुढाले बताउनुभयो । सिमकोट वरिपरिका अन्य गाउँमा त्योभन्दा बढी परिमाणमा जडीबुटी हिउँमा परेका छन् ।
जिल्लाबाट दुई वर्षदेखि जटामासी निकासी हुन सकेको छैन । जटामासी निकासीका लागि गरिएको वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन नआउँदा निकासीको रोकिएको व्यापारीहरूको भनाइ छ ।गोरखापत्र ')}

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments