म्याग्देमा दुई सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिँदै

 तनहुँ:तनहुँको म्याग्दे गाउँपालिका–३ बिरुवा खिरेडाँडामा दुई सय मेट्रिकटन क्षमताको शीत भण्डार निर्माण थालिएको छ । शीत भण्डार निर्माणको जिम्मा पासा कन्स्ट्रक्सनले पाएको छ ।

विसं २०७९ पुस १ गते सम्झौता भई रु एक करोड ४७ लाखको लागतमा शीत भण्डार निर्माण गर्न सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । शीत भण्डारमा फलफूल, तरकारीलगायत उपज भण्डार गर्न सकिने छ । कृषकले उत्पादन गरेका वस्तु भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य गर्न शीत भण्डार निर्माण गर्न लागिएको हो ।

शीत भण्डार २०८० असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने छ । समृद्ध गाउँपालिका बनाउनका लागि उत्पादन र कृषिमा प्राथमिकता दिइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो । कृषकले फलफूल र तरकारी उत्पादन गर्ने तर समयमा बिक्री हुन नसक्ने समस्या टड्कारो रहेका कारण उचित मूल्य पाउनबाट वञ्चित हुनुपरेकाले शीत भण्डार निर्माण जरुरी भएको उहाँको भनाइ छ । उत्पादित वस्तु समयमा बेच्न नसक्दा सड्ने र कृषकले घाटामा बेच्नुपर्ने हुँदा कृषकलाई प्रोत्साहन गर्न शीत भण्डार आवश्यक छ ।

उहाँले भन्नुभयो, “ शीत भण्डार निर्माण पछि कृषक आफैँले उत्पादित वस्तु भण्डारण र बिक्री गरी आयआर्जन गर्न सक्नेछन् ।”

लेखक

Barahi Online

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments