प्रहरीकाे भ्यानबाट खसेर एक जना घाइते

प्रदेश सभा प्रांगड प्रवेशका क्रममा भ्यानले ल्याइरहेकाे फलामकाे पाइप बिजुलीकाे तारमा अल्झिँदा  प्रहरी जवान पटक बुढा भुइँमा बजारिन पुगेका हुन् । प्रदेश सभामा आज प्रदेश प्रमुख पृथ्वीमान गुरूङले सम्वाेधन गर्ने कार्यक्रमकाे व्यवस्थान गर्न थप प्रहरी जाँदै थिए ।

प्रदेश प्रमुखकाे सलामीका लागि झन्डा राख्न भ्यानमा लगिएकाे फलामकाे पाेल बिजुलीको तारमा अल्झिँदा पाेलले हुत्याएर बुढा भुइँमा बजारिन पुगेका थिए  । प्रदेश प्रहरी गणका सलामी टाेली सदस्य बुढाकाे टाउकाे चाेट लागेकाे छ । उनकाे उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकाे छ । प्रदेश सभा भवन प्रांगणकाे गेटमा बिजुलीलगायतका तार लत्रिएका छन् ।

प्रहरीकाे गाडीकाे गति पनि बढी हुँदा तारमा अल्झिएर पाइपले बुढालाई हुत्याएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
100 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

यो पढ्नुभयो त ?