तनहुँमा नमूना पशुपन्छी अस्पताल बनाइँदै

तनहुँ, भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा ‘नमूना पशु अस्पताल’का काम तीव्ररुपमा भइरहेको छ । दमौलीमा पशु अस्पताल बनेपछि तनहुँसहित छिमेकी जिल्ला गोरखा, लमजुङ, नवलपरासीलगायतका आसपास क्षेत्रका कृषक प्रत्यक्ष लाभान्वित हुने छन् ।   
   
बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना छ । गण्डकी प्रदेश सरकारको कूल रु दश करोडको लागतमा उक्त अस्पताल भवन निर्माण गर्न लागिएको हो । निमार्णधीन उक्त भवनको ५० प्रतिशत बढी काम भइसकेको सहरी विकास तथा भवन निर्माण सङ्घीय तथा कार्यान्वयन एकाइ कास्कीका इन्जिनियर शिव सुनारले जानकारी दिनुभयो । आगामी वर्ष पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।   
   
उहाँले भन्नुभयो, “पहिलो चरणमा ढलानसहितको तीन तले भवन निर्माण गर्न लागिएको हो ।” पहिलो चरणमा कास्की र तनहुँमा नमूना पशुपन्छी अस्पताल बन्न लागेको हुँदा पशुपालन कृषकले लामो दूरी धाएर भौतारिन पर्ने बाध्यताको अन्य हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपन्छीको उपचार गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments