ग्रीनसिटीमा तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया

काठमाडौँ, ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ ।   
   
अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो । अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिकरूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिनुभयो ।   
   
ग्रीनसिटी अस्पतालले शेर्पालाई भएजस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्दै आएको अध्यक्ष टण्डनले बताउनुभयो । उहाँको शल्यक्रियामा संलग्न डा रुपा झाले बिरामीको शल्यक्रिया गर्दा तत्काल अन्य जटिलता नआओस भनेर सावधानी अपनाइएको पनि जानकारी दिनुभयो । बिरामीको अवस्था अहिले सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments