रुब्दी–गोखुङ्गा सडक खण्ड निर्माण गरिँदै

अर्घाखाँची, मदन भण्डारी लोकमार्गअन्तर्गत अर्घाखाँचीको रुब्दी–गोखुङ्गा सडक खण्ड निर्माण अघि बढाइएको छ । सन्धिखर्क नगरपालिका–१० रुब्दीदेखि पोखेडाडा, भण्डार, रतनमारे हँुदै मालारानी गाउँपालिकाको गोखुङ्गासम्मको २७ दशमलव छ किलोमिटर सडक निर्माण गर्न लागिएको हो ।   
   
मदन भण्डारी लोकमार्गका प्रमुख इन्जिनियर सशांक मिश्रका अनुसार उक्त सडक खण्ड निर्माण सम्पन्न भए सन्धिखर्क नगरपालिका, मालारानी गाउँपालिका, प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको मदाने गाउँपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । मदन भण्डारी लोकमार्ग गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीबाट बल्कोट, अर्घा, रतनमारे, गोखुङ्गा हँुदै प्युठान, रोल्पा भएर सुर्खेत पुग्ने छ ।   
   
सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन प्रालीसित रू एक अर्ब नौ करोडको सम्झौता भएको सो लोकमार्गका सूचना अधिकारी इन्जिनियर विरेन्द्रप्रसाद गुप्ताले जानकारी दिनुभयो । सडकको चौडाइ ११ मिटर हुनेछ । हाल रिडीबाट गुल्मीको खज्र्यांग हुँदै अर्घाखाँचीको बल्कोटसम्म सडक निर्माण भइरहेको छ । सडक निर्माणसँगै सदरमुकाम सन्धिखर्क बजार पनि विस्तार गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments