दश वर्षपछि सहिद स्मारकको रोकिएको काम सुरु

काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोल सामुदायिक वनमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा काम रोकिएको १० वर्षपछि फेरि सुरु भएको छ ।   
   
सरकारको २०६४ जेठ ११ गतेको निर्णयअनुसार तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत् २०६८ सालदेखि निर्माण थालिएकामा काम सुरु भएको दुई वर्षपछि रोकिएको थियो ।   
   
मन्त्रिपरिषद्को निर्णयअनुसार स्मारक निर्माण पुनः अगाडि बढाइएको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । आयोजना प्रमुख एवं विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर गणेश कर्माचार्यले स्मारकका पाँच ठेक्कामध्ये तीन वटाको काम सकिएको बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको पछिल्लो संशोधनले बाँकी दुई ठेक्काको म्याद आगामी असार मसान्तसम्म थपिएको उहाँले जानकारी दिनुभयो ।   
   
विसं २०७२ मा स्मारक निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि आठ वर्ष वितिसक्दासमेत सम्पन्न हुन सकेको छैन । सामुदायिक वनको छ सय ५० रोपनी जग्गामा सहिद, निजामती र घुन्सा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका वन एवं संरक्षण क्षेत्रका व्यक्तित्वको स्मृतिमा स्मारक बनाउने घोषणा गरिए पनि काम अलपत्र बनेको थियो ।   
   
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले चक्रेश्वरी÷जीवन जेभीले काम सुरु गरेपनि विभागले म्याद थपको सम्झौता नगरेको गुनासो आउने गरेको बताउनुभयो । आयोजनाको हालसम्म ७० प्रतिशत काम सकिएको जनाइएको छ । रू साढे तीन करोड लागतको ठेक्कामा काम भइरहेको आयोजनाले जनाएको छ ।   
–––  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments