मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

मकवानपुर, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७ हटियास्थित कठायत चोकमा आज बिहान सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।   
   
बिहान ११ः०५ बजेको समयमा हेटौँडा बजारबाट ठूलदमार जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आएको बा प्र ०३–०५ प ७११ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।   
   
मृत्यु हुनेमा स्कुटर चालक नुवाकोट ककनी नगरपालिका–४ की अन्दाजी २८ वर्षीया जीना लामा र मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–१८ भालुखोला बस्ने १८ वर्षीय अर्जुन भोम्जन रहेका छन् ।   
   
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकी लामाको चितवनको पुरानो मेडिकल कजेल भरतपुरमा उपचारका क्रममा दिउँसो २ः३० बजे मृत्यु भएको हो ।   
   
दुर्घटनामा परेर गम्भीर घाइते भएका मोटरसाइकल चालक भोम्जनलाई उपचारका लागि हेटौँडा अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।   
   
सोही दुर्घटनामा परेर मोटरसाइकलको पछाडी सवार हेटौँडा–१८ रामधुनीका १६ वर्षीय सुजन घलान र स्कुटर पछाडी सवार बागमती–८ शान्तिपुरकी २४ वर्षीया ललिता थापामगर घाइते भएका छन् ।   
   
घाइतेमध्ये घलानको हेटौँडा अस्पताल र मगरको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जनाइएको छ । उक्त घटनाबारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments