तुलसीपुरको पसलमा अनिवार्य मूल्यसूची राख्न आग्रह

तुलसीपुर, दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन । पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्‍यौँ । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।”   
   
मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उहाँले बताउनुभयो । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उहाँको भनाइ छ ।   
   
त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सागम्री पनि भेटिने गरेको उहाँले बताउनुभयो । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्छ भन्नुभयो ।   
   
अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments