स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको छ ।   
   
राष्ट्रपति शिक्षण अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउनुभएको अस्पतालका कार्यकारी निर्देशक प्रोफेसर डा दिनेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार डा निरज बमसहितको चिकित्सकको टोलीले राष्ट्रपतिको स्वास्थ्य परीक्षण गरेको थियो । उहाँले भन्नुभयो, “राष्ट्रपतिको नियमित स्वास्थ्य परीक्षण गरियो । विभिन्न परीक्षण भएको छ ।”   
   
त्यसैगरी राष्ट्रपति पौडेलले शिक्षण अस्पताल परिसरको बिपी कोइराला लायन्स आँखा अध्ययन केन्द्रमा आँखा जाँच पनि गराउनुभएको छ । प्रा डा सगुन जोशीले राष्ट्रपतिको आँखा परीक्षण गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments