मौसम : देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं, हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तैगरी आज राती देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन /चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments