दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक जारी

काठमाडौँ, दिगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।   
   
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा जारी बैठकमा नेपालले दिगो विकास लक्ष्यका उद्देश्य हासिल गर्न गरेका प्रयासको समीक्षा, कार्यान्वयनको अवस्था, चुनौतीलगायत भावी कार्ययोजनाबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।   
   
बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारी, अर्थमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासङ्घ अध्यक्ष, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घका अध्यक्षको उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments