दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

दीपायल, दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । जिल्लाको दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाखलागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो ।   
   
योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगरकार्यपालिकाको भनाइ छ ।   
   
सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताउनुभयो । योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ ।   
   
दीपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments