हुम्लाको ताँजकोटमा आँखा शिविर

सिमकोट, हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।   
   
यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिनुभयो । सेवा लिनेमा दुई सय ६१ पुरुष र दुई सय सात महिला छन् ।   
   
उपचार गर्न आएका एक सय ९० जनालाई चश्मासमेत निःशुल्क वितरण गरिएको छ । यसअघि आँखाका बिरामीले उपचारका लागि तीन–चार दिन हिँडेर सदरमुकाम सिमकोट जानुपर्ने बाध्यता थियो । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार शिविरमा ११ चिकित्सकले बिरामीको जाँच गरेका थिए । नेपाल नेत्रज्योति सङ्घको आर्थिक, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा ताँजकोट गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments