पोखराको फेवातालमा डुङ्गा दौड प्रतियोगिता

लेखनाथ, पोखराको लेकसाइडमा सुरु भएको फेवा नव वर्ष महोत्सवअन्तर्गत आज दोस्रो दिन फेवातालमा आयोजित डुङ्गा दौड प्रतियोगितामा तालपारिको समूह प्रथम भएको छ ।   
   
प्रतियोगितामा बाराही घाट ‘ए’ समूह द्वितीय भएको छ भने बाराही घाट ‘डी’ ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट ‘बी’ समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए ।   
   
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः रु १५ हजार, रु १० हजार र रु आठ हजार पुरस्कार प्राप्त गरेका छन् । सान्त्वना पुरस्कारस्वरुप रु पाँच हजार प्रदान गरियो । पाँचौँ स्थान हासिल गर्ने समूहलाई जङ्गल पावर ट्वान्टी फोर आवरका तर्फबाट निःशुल्क खानाको व्यवस्था गरिएको थियो ।   
   
होटल सङ्घ नेपालद्वारा आयोजित उक्त दौड प्रतियोगितामा सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेतालाई पुरस्कार प्रदान गर्नुभयो । सहभागीहरु पहारीघाटबाट डुङ्गा खियाएर ताल पारि रहेको लेकहाउमा पुगेर पुनः सोही घाटमा फिर्ता आएका थिए । प्रत्येक समूहमा तीनजना सहभागी रहेका थिए ।   
   
नयाँ वर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्देश्यले तालमा डुङ्गा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक सुवेदीले जानकारी दिनुभयो । पञ्चेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवरद्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले बताउनुभयो । प्रतियोगिताका लागि सङ्गठनले निःशुल्क डुङ्गा उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments