बाढी तथा पहिरोमा परी ६ जनाको मृत्यु, ६ जना घाइते, २९ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवम् पहिरोमा परी सोमबार दिउँसोसम्म ६ जनाको मृत्यु भएको छ । बाढी तथा पहिरोमा परी संखुवासभामा १ जना, ताप्लेजुङमा ३ जना, पाँचथरमा १ जना र नुवाकोटमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो । जसमध्ये ५ जना पुरूष र १ जना बालिका रहेका छन् ।

 साथै बाढी एवम् पहिरोमा परी संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी संखुवासभामा २१ जना,  ताप्लेजुङमा ३ जना र पाँचथरमा ५ जना गरी जम्मा २९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

बाढी एवम् पहिरोको कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ६७ वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ९७ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments