अवैध लागूऔषधसहित तीन जना पक्राउ

कैलाली । लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका-१३ राजपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित गोदावरी नगरपालिका-२ बस्ने २६ वर्षीया सिता चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी कैलालीगाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा धनगढी उपमहानगरपालिका-४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगीलाई १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments