लम्पी स्किन महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री भुसालले चालु आर्थिक वर्षमा महामारी नियन्त्रणका लागि प्रत्येक स्थानीय तहमा संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी गराउनुभएको हो । त्यस्तै महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको बताउनु भयो । उहाँले प्रदेशहरुले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले बिनियोजन गर्ने प्रक्रिया अगाडी बढाएका बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘आर्थिक वर्ष २०८०÷८१ का लागि प्रत्येक स्थानीय तहमा महामारी नियन्त्रण गर्न संघीय सशर्त अनुदान अन्तर्गत जानेगरी ४७ करोड रकम विनियोजन गरिएको छ । महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रकम विनियोजन गरिएको छ । प्रदेश सरकारहरुले पनि रकम विनियोजन गरेका छन् । कोशी प्रदेशले खोप खरिदको लागि ५० लाख रुपैयाँ तथा आकस्मिक रोग नियन्त्रणका लागि हरेक जिल्लामा २देखि ३ लाख र मन्त्रालयमा ६० लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारले खोप खरिदको लागि ५० लाख रुपैयाँ र आकस्मिक रोग नियन्त्रणको लागि हरेक जिल्लामा ५ लाख बजेट विनियोजन गरेको छ । वागमती प्रदेश सरकारले खोप खरिदको लागि ६५ लाख रुपैयाँ र आकस्मिक रोग नियन्त्रणको लागि हरेक जिल्लामा ५ देखि ९ लाख बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सरकारले खोप खरिदको लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । लुम्बिनी प्रदेश सरकारले खोप खरिद कार्यको लागि २ करोड ८३ लाख बजेट व्यवस्था गर्ने प्रक्रिया अगाडी बढाएको छ । त्यसैगरी विभिन्न स्थानीय तहले पनि रकम छुट्टयाएका छन् ।’

मन्त्री भुसालले बिगत ५ महिनामा लम्पिस्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेका बताउनु भयो । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु भएको जानकारी गराउनु भयो । हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेका उल्लेख गर्नुभयो । उहाँले हालसम्म जोर्डन, तान्जानिया र टर्कीबाट १३ लाख ६९ हजार डोज भ्याक्सिन ल्याएकोमा ७ लाख ६ हजार ४०० पशुमा भ्याक्सिन लगाइसकिएको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘विगत ५ महिनामा यस रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी भएका छन् । त्यसरी बिरामी भएकामध्ये १२ लाख ८८ हजार ७५९ निको भएका छन् । ५२ हजार ४४८ पशुको मृत्यु भएको छ । अहिले बिरामी अवस्थामा १ लाख ५ हजार २५३ पशु रहेका छन् । यस रोगको उपचार तथा रोकथामका लागि सरकारले सम्भव भएसम्मका सम्पूर्ण प्रयास गरिरहेको छ । अहिले हामीले जोर्डन, तान्जानिया र टर्कीबाट भ्याक्सिन आयात गरिरहेका छौँ । अहिले भ्याक्सिन लगाउने कार्य भइरहेको छ । अहिलेसम्म १३ लाख ६९ हजार डोज भ्याक्सिन हामीले लिएर आएका छौँ । ७ लाख ६ हजार ४०० पशुमा भ्याक्सिन लगाइएको छ । उपचारपश्चात निको हुनेसंख्या बढेको छ ।’

लम्पिस्किन रोग नियन्त्रणका लागि तिनै तहको सरकारबिच समन्वयमा काम भइरहेको बताउनु भयो । आवश्यक प्रचारप्रसारको काम पनि भइरहेको उहाँले स्पष्ट पार्नुभयो । आवश्यक पशु चिकित्सकपनि खटाइएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Happy
खुसी
0 %
Sad
दुःख
0 %
Excited
उत्साहीत
0 %
Sleepy
निन्द्रा लाग्यो
0 %
Angry
रिस उठ्यो
0 %
Surprise
अचम्म
0 %
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments